७ चैत्र २०७९, मंगलबार | Wed Mar 22 2023

सहाराको ‘सदस्य सुनौँ सदस्य बुझौँ’ अभियान



बिर्तामोड- झापाको चारपानेस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. ले सदस्य सुनौँ सदस्य बुझौँ अभियान सञ्चालन गर्ने भएको छ । अहिलेको बढ्दो वित्तिय संकटका बेला सहाराले सदस्यसँग नियमित भेटघाट र घरदैलो अभियान सञ्चालन गर्न लागेको हो ।

सहारा नेपाल साकोसका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले फागुन ७ गतेदेखि चैत २१ गतेसम्म सदस्य सुनौँ सदस्य बुझौँ अभियान सञ्चालन गर्ने निर्णय गरिएको बताए ।

अभियानमार्फत सदस्यसँग अन्तरक्रिया गर्ने, नयाँ सदस्य बनाउने, वस्तु तथा सेवाको विषयमा जानकारी लिइनेछ ।अभियानमार्फत सहाराले सदस्यको समस्या र गुनासो सुन्न चाहेको हो ।

सहाराले अहिलेको वित्तिय संकटको यो अवस्थामा पनि तरलता व्यवस्थापनलाई मजवूत बनाइएको जनाएको छ । न्यूनतम् तरलता भन्दा दोब्बर रकम सहारासँग छ । हाल तरलता व्यवस्थापनका लागि दुई अर्ब रुपैयाँ राखिएको कार्यकारी निर्देशक गिरीले जानकारी दिए ।

सदस्यलाई रोजगारमुखी बनाउँदै लैजाने संस्थाको दीर्घकालिन नीति अनुसार छुट्टै रोजगार इकाइ स्थापना गर्ने तयारी गरिएको छ । व्यवसायिक सीपमूलक तालिम र साना कुटिर उद्योगका लागि प्राविधिक सहयोग उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइने कार्यकारी निर्देशक गिरीले बताए ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार ००:००  ८ : २८ बजे