५ आश्विन २०८०, शुक्रबार | Fri Sep 22 2023

अभिनेत्री जया प्रदालाई छ महिना जेल सजाय



झापा- चेन्नईको एक अदालतले बलिउड फिल्मकी अभिनेत्री जया प्रदालाई छ महिना जेल सजाय सुनाएको छ । निजी स्वामित्वको फिल्म हलका कर्मचारीलाई तलव नदिएको आरोपमा जयाविरुद्ध मुद्दा दायर भएको थियो ।

अदालतले जयालाई ६ महिनाको जेल सजायसँगै प्रत्येक कर्मचारीलाई पाँच हजारका दरले जरिवाना दिन आदेश दिएको छ । यद्यपी यस विषयमा उनले अपिल गर्न सक्ने सम्भावनालाई अदालतले जीवित राखेको छ ।

जया प्रदा हाल फिल्मबाट टाढा छिन् । उनी अभिनयपछि राजनीतिमा क्रियाशिल भएकी थिइन् ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार ००:००  ८ : १३ बजे