१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

जलवायु परिवर्तनका मुद्दामा कलम चलाउनुस् : उपसभामुख मगर



बिर्तामोड– उपसभामुख इन्दिरा राना मगरले जलवायु परिवर्तन र यसले पारेको असरका विषयमा बहस सिर्जना गर्न सञ्चारमाध्यम लाग्नुपर्ने बताएकी छन् ।

सञ्चारिका समूहले झापाको बिर्तामोडमा आयोजना गरेको पत्रकारिता तालिमको उद्घाटन गर्दै उपसभामुख मगरले जलवायु परिवर्तनको मुद्दामा कलम चलाउन सञ्चारमाध्यमले ढिलो गर्न नहुने बताएकी हुन् ।

महिला पत्रकारको सीप तथा लेखन क्षमता विकासका लागि राज्यले पनि ध्यान दिनुपर्ने बताउँदै उपसभामुख मगरले लैङ्गिक विभेद हटाउन सरोकारवाला सबै सचेत हुनुपर्नेमा जोड दिएकी छन् ।

कोसी प्रदेशस्तरीय दुई दिने पत्रकारिता तालिममा पूर्वका विभिन्न जिल्लाका ३५ जना पत्रकार महिलाको सहभागिता रहेको सञ्चारिका समूह झापाकी अध्यक्ष लीला अनमोलले बताइन् ।

सञ्चारिका समूह केन्द्रकी अध्यक्ष विमला तुम्खेवाको अध्यक्षतामा आयोजित कार्यक्रममा पत्रकार सुशिला संग्रौलालाई सम्मान गरिएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहिबार ००:००  ४ : ३४ बजे