१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

झापाका स्थानीय तहबीच एकादशीको बिदामा बेमेल



बिर्तामोड-झापाका स्थानीय तहबीच हरिवोधनी एकादशीको बिदाका विषयमा बेमेल देखिएको छ । झापाका पाँचवटा पालिकाले हरिबोधनी एकादशीको अवसरमा अलग–अलग दिन बिदाको घोषणा गरेका हुन् ।

भद्रपुर नगरपालिका, बाह्रदशी गाउँपालिका, हल्दिवारी गाउँपालिका र झापा गाउँपालिकाले बिहीवार बिदा दिएका छन् । कचनकवल गाउँपालिकाले भने शुक्रवार एकादशीको बिदा दिएको छ ।

कचनकवलले एकादशी सकिएको भोलिपल्ट बिदा दिएको गाउँपालिकाको सूचनामा उल्लेख छ । स्थानीय बिदाका दिन पालिका र पालिका मातहतका वडा कार्यालयहरू, स्वास्थ्य संस्था, विद्यालय बन्द रहने सूचनामा उल्लेख गरिएको छ ।

हरिबोधिनी एकादशी वर्षमा पर्ने चौबीस वटा एकादशीमध्ये सबैभन्दा ठूलो एवम् महत्वपूर्ण एकादशी हो । त्यसैले यसलाई ठूली एकादशी पनि भनिन्छ ।

एकादशीमा सार्वजनिक बिदाको विषयमा स्थानीय तहबीच देखिएको बेमेल आफैँमा लज्जास्पद भएको सर्वसाधारण बताउँछन् । कुन दिन एकादशी हो भन्ने थाहा नभएर हो वा अरु कुनै कारण भन्दै कतिपयले समाजिक सञ्जालमा प्रश्न उठाएका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार ००:००  ८ : ३० बजे