८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

नगर प्रमुख मादेनले भने, ‘पाथिभरामा जसरी पनि केवलकार बन्छ’



ताप्लेजुङ-ताप्लेजुङको प्रसिद्ध पाथिभरा मन्दिरसम्म जान केवलकार बनाउने सरकारी निर्णयविरुद्ध कतिपय जातीय संगठनले प्रतिकारको चेतावनी दिइरहेका बेला फुङ्लिङ नगरपालिकाले भने केवलकारको निर्माण कार्य नरोकिने जनाएको छ ।

बुधबार ताप्लेजुङ विकास मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेलले कुनै पनि हालतमा केवलकारको निर्माण कार्य नरोकिने जनाएका हुन् ।

विकास विरोधी एउटा झुण्डलाई अनावश्यक स्पेस दिएर पत्रकारले भ्रम फैलाउन खोजेको भन्दै नगर प्रमुख मादेनले आक्रोश व्यक्त गरे । उनले ९० प्रतिशत जनता ताप्लेजुङमा केवलकार निर्माणको पक्षमा रहेको जिकिर पनि गरेका छन् ।

केही दिनअघि मुक्कुमलुङ संघर्ष समिति लगायतका केही संघ संस्थाले पत्रकार सम्मेलन गरेर पाथीभरामा केवलकार बन्न नदिने चेतावनी दिएका थिए । पाथीभरा केवलकार प्रालिले निर्माण गर्ने केवलकारका विषयमा दोहोरी चलिरहेको छ ।

जनजाति समुदायले पाथिभरामा केवलकार निर्माण गर्नुलाई आफ्नो मुन्धुमीस्थल माथिको आक्रमणको रुपमा व्याख्या गरेको छ । यसअघि शनिवार ताप्लेजुङमा पत्रकार सम्मेलन गरी विभिन्न जातिय संगठनले आपत्ति जनाएका थिए ।

केवलकार निर्माणका लागि निजी कम्पनीले प्रारम्भिक प्रयास थालेपछि त्यसविरुद्ध आवाज बुलन्द हुँदै गएको हो । विकासको नाममा याक्थुङ लिम्बूहरुको मुन्धुमी आध्यामिकस्थलमाथि आक्रमण गर्नु अनिष्टकारी हुने केवलकार निर्माण खारेजी संघर्ष समितिका संयोजक खगेन्द्र लिम्बू बताउँछन् ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार ००:००  ७ : ०६ बजे