१७ मंसिर २०८०, आइतबार | Mon Dec 4 2023

बैँकले घटाए बचतको व्याज : सहकारी छोडेर हौसिएका सदस्य निराश



झापा–ग्राहकलाई बढी व्याज दिएर तरलता व्यवस्थापन गरेका बैँकहरुले अन्तत बचतको व्याज घटाएका छन् । आकर्षक व्याजको प्रलोभनमा हौसिएका ग्राहकलाई निराश बनाउँदै वाणिज्य बैँकहरुले मंसिर १ गतेदेखि बचतको व्याजदर घटाएका हुन् ।

बैँकले आकर्षक व्याजको प्रलोभन देखाएपछि हौसिएर गएका ग्राहक व्याजदर घटेपछि निराश हुन थालेका छन् । साना वित्तिय संस्था र सहकारीमा रहेको बचत झिकेर बैँकमा जम्मा गरेका ग्राहकमा व्यादर घटेपछि निराशा सुरु भएको हो ।

बैँकहरुले भन्दा सहकाराले आफ्ना सदस्यलाई राम्रो व्याज दिइरहेका छन् । वित्तिय संकटका बीच पनि सदस्यलाई दिइरहेको व्याजमा सहकारी संस्थामा एकरुपता छ ।

चालू आर्थिक वर्षको असोजयता निक्षेपको ब्याजदर घटाउँदै आएका बैंकहरूले मंसिरमा समेत ब्याजदर घटाएका छन् । भदौमा व्यक्तिगत मुद्दती निक्षेपतर्फ १०.३२ प्रतिशत औसत रहेको ब्याजदर मंसिरमा ९.७१ प्रतिशत कायम भएको छ ।

भदौमा संस्थागत निक्षेपको औसत ब्याजदर ८.२८ प्रतिशत रहेको थियो । मंसिरमा संस्थागत निक्षेपको व्याजदर ७.५४ प्रतिशतमा झरेको छ ।

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १३ वाणिज्य बैंकले मंसिर महिनाका लागि संस्थागत निक्षेपको ब्याजदर घटाएका छन् ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार ००:००  ६ : ०१ बजे