१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

माओवादी केन्द्रका उपाध्यक्ष महरा केही दिन अस्पतालमै रहने



काठमाडौँ-नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व उपसभामुख कृष्णबहादुर महरा केही दिन अस्पतालमै रहने भएका छन् । स्वास्थ्य अवस्थाका कारण चिकित्सकको सल्लाह अनुसार महरा केही दिन अस्पतालमै रहने पारिवारिक स्रोतले जनाएको छ ।

सुन तस्करी प्रकरणमा मुछिएपछि पक्राउ परेका महरालाई जिल्ला सरकारी वकिल कार्यालयको सहमतिमा शुक्रबार रिहा गरिएको थियो । सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न चैत्र ५ गते महरालाई रूपन्देहीबाट पक्राउ गरी काठमाडौँ ल्याइएको थियो।

पक्राउ परेका बेला समेत स्वास्थ्यको कारण देखाउँदै महरा अस्पतालमै बसेका थिए । सरकारी वकिलको सहमतिपछि प्रहरी अनुसन्धान ब्युरोबाट हाजिर जमानीमा रिहा भएका महरालाई घाँटी र मस्तिष्कमा समस्या रहेको जनाइएको छ ‌।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार ००:००  ८ : ४८ बजे