१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

काँकडभिट्टा नाकाबाट कारसहित ३३ वटा आइफोन बरामद !



काँकडभिट्टा-पूर्वीनाका काँकडभिट्टाबाट ३३ वटा मोबाइल बरामद गरिएको छ । भारतबाट अवैध रूपमा ल्याइएका आइफोन ब्रान्डका मोबाइल बरामद गरिएको हो ।

सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म काँकडभिट्टा र मेचीभन्सार कार्यालयको संयुक्त टोलीले यात्रु शाखाको उत्तर गेटमा प्रदेश ०१-०२६ च ९०३३ नम्बरको कारभित्र लुकाएर राखिएका मोबाइल बरामद गरेको छ ।

चेकजाँच गर्दा मोबाइल बरामद भएको र ती मोबाइल राजस्व छलेर लैजान खोजिएको सशस्त्र प्रहरीले पुष्टि गरेको हो ‌। कारसहित ४२ लाख २५ हजार मूल्याङ्कन गरी ती मोबाइल मेची भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार ००:००  ९ : १६ बजे