१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

बलात्कार आरोपमा डाक्टर पक्राउ



हेटौँडा– बलात्कार आरोपमा एक जना चिकित्सक पक्राउ परेका छन् । मकवानपुर प्रहरीले जबर्जस्ती करणीको आरोपमा मंगलबार ३६ वर्षीय डाक्टर वसिम राईलाई पक्राउ गरेको हो ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ स्वर्गलोकमा हेटौँडा सिटी हस्पिटल सञ्चालन गर्दै आएका राईले भदौ १८ मा एकजना महिलालाई बलात्कार गरेको उजुरी परेको थियो ।

पीडित भनिएकी महिलाको उजुरीका आधारमा उनी समातिएको मकवानपुरका प्रहरी प्रमुख एसपी सीताराम रिजालले जानकारी दिए । ती महिलाले मंगलबार डाक्टर राईविरुद्ध जाहेरी दिएकी थिइन् ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार ००:००  ८ : ०२ बजे