२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

अन्तर्राष्ट्रिय झापाली समाजद्वारा झापा गोल्ड कपलाई ७ लाखकाे चेक हस्तान्तरण



बिर्तामोड-अन्तर्राष्ट्रिय झापाली समाजले झापा गोल्ड कपलाई सात लाख रुपैयाँ दिएको छ । बुधबार गाेल्डकपकाे कार्यालयमा आयाेजित संक्षिप्त समारोहका बीच समाजले सात लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगाना र महासचिव नवीन पाेखरेलले गोल्ड कपका अध्यक्ष बिनाेद बस्नेत र महासचिव गजेन्द्रबहादुर पौडेललाई चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले काेराेना संक्रमणदेखि अन्तर्राष्ट्रिय झापाली समाजसँग सहकार्य भएको उल्लेख गर्दै यसपटक समाजले गाेल्डकपका लागि झन् महत्वपूर्ण सहयोग गरेकाे बताए ।

कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश सिवाकोटी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी लगायतकाे उपस्थित रहेको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार ००:००  २ : ०० बजे