१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

कोशी प्रदेशका १० वर्षभन्दा मुनिका बालबालिकाको निःशुल्क उपचार



बिर्तामोड-कोशी प्रदेश सरकारले १० वर्षभन्दा मुनिका बालबालिकाको निःशुल्क उपचार सुरु गरेको छ । प्रादेशिक अस्पतालसहित निजी क्षेत्रका चारवटा अस्पतालसँग निःशुल्क उपचार सम्बन्धी सम्झौता भएको हो।

सम्झौता भएका ती अस्पतालले अब १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार गर्नेछन् । प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले अब १० वर्ष मुनिका सबै बालबालिकाले निःशुल्क उपचार सेवा प्राप्त गर्ने बताए ।

स्वास्थ्य मन्त्रालयले विराटनगरको प्रदेश अस्पतालसहित विराट शिक्षण, नोबेल शिक्षण अस्पताल, हाम्रो अस्पताल र काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ दमकसँग सम्झौता गरेको छ ।

सम्झौतामा प्रदेश स्वास्थ्य सचिव डाक्टर सुधा देवकोटा, चाइल्ड हेल्थ दमकका डाक्टर भगवान कोइराला, नोबेल शिक्षण अस्पतालका निर्देशक डाक्टर राजेश नेपाल लगायतले हस्ताक्षर गरेका छन् ।

बालबालिकाको सहज उपचारका लागि प्रदेश सरकारले निःशुल्क उपचारमा संलग्न अस्पतालका उपकरण बिग्रिएको अवस्थामा समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार ००:००  ८ : ४२ बजे