१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

सप्तकोसीमा उर्लियो बाढी, उच्च सतर्कता अपनाउन अपिल



सुनसरी- लगातारको वर्षाका कारण सप्तकोसीमा बाढी उर्लिएको छ । शुक्रवार बिहान ९ बजे सप्तकोसी नदी चतरामा जलसतह अत्याधिक बढेको हो ।

सतर्कता तह ६ मिटर नजिक पुगेको बाढी सूचना केन्द्रले जनाएको छ । तमोर, सुनकोसी र अरूणमा पनि जल सतह बढ्दो रहेकोले उच्च सतर्कता अपनाउन भनिएको छ ।

उदयपुर, सुनसरी र सप्तरीका नदी कटान हुन सक्ने क्षेत्र र डुबान हुने तटीय क्षेत्रमा हुनेहरूलाई सतर्कताका लागि आग्रह गरिएको हो ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार ००:००  ९ : ३४ बजे