१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

सिम्रिकका सदस्यलाई उपचार सहयोग



बिर्तामोड-सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले चालु आर्थिक बर्ष २०८०÷८१ मा ९२ जना शेयर सदस्य तथा तिनका परिवारलाई आठ लाख ४४ हजार ६ सय रुपैयाँ उपचार सहयोग रकम प्रदान गरेको छ ।

संस्थाले चालु आर्थिक बर्षको भदौ १५ गते सम्ममा उक्त रकम सदस्य तथा तिनका परिवारलाई वितरण गरेको हो ।

राहत कोष अन्तरर्गत मृत्य भएका सदस्यको कर्जा मिनाहा, स्वास्थ्य उपचार, मृत्यु राहत, प्राकृतिक प्रकोप लगायतका राहत सेवा सुविधा अन्तरगत सदस्यलाई निरन्तर रुपमा सहयोग प्रदान गरिँदै आएको संस्थाका कार्यकारी प्रमुख कमल बस्नेतले जानकारी दिए ।

संस्थाले शेयर सदस्यलाई निरन्तर रुपमा औषधि उपचार खर्च प्रदान गर्दै आएको उनले बताए । संस्थाले झापा, मोरङ, इलाम र पाँचथरमा ५० वटा सेवा केन्द्र सञ्चालन गर्दै आएको छ ।

संस्थाका कार्यकारी प्रमुख बस्नेतका अनुसार संस्थाले गत आर्थिक बर्ष २०७९÷८० मा १ हजार ३५३ जना शेयर सदस्य तथा तिनका परिवारलाई १ करोड ४२ लाख ४२ हजार रुपैयाँ उपचार सहयोग राहत रकम प्रदान गरेको थियो ।

संस्थाको सदस्य उपचार राहत सुविधा नीतिमा उल्लेख भएअनुसार सदस्यलाई उपचार सहयोग राहत रकम प्रदान गरिंदै आएको संस्थाका अध्यक्ष सुवास भट्टराईले बताए ।

संस्थाको सदस्यले बार्षिक रुपमा ६१० रुपैयाँ रकम बुझाएपछि र नियमित कारोबार गरेपछि उक्त सुविधा पाउने छन् ।
२०६७ सालमा स्थापना भएको संस्थामा हाल ५९ हजार ८ सय ६३ जना शेयर सदस्य रहेका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार ००:००  ८ : १३ बजे