बिर्तामोड– झापा जिल्ला सहकारी सङ्घले झापाका अग्रज पत्रकार गोविन्द चन्द्र क्षेत्रीलाई पुरस्कृत गरेको छ । बुधबार बिर्तामोडमा आयोजित सङ्घको २५ औँ वार्षिक साधारण सभाका अवसरमा अग्रज पत्रकार क्षेत्रीलाई पुरस्कृत गरिएको हो ।
चारदशक अघिदेखि पत्रकारितामा क्रियाशील क्षेत्री ७९ वर्षको उमेरमा आइपुग्दा पनि पत्रकारितामा अविच्छिन्न छन् । उनले गरेको योगदानको कदरस्वरूप सङ्घले १० हजार ५५५ रुपैयाँ राशिको पुरस्कार प्रदान गरेको हो ।
प्रदेश सभाका सदस्य एकराज कार्कीले प्रमुख अतिथिका रूपमा पत्रकार क्षेत्रीलाई दोसल्ला ओढाएर नगदसहित प्रशंसापत्र प्रदान गरेका हुन् । कार्यक्रम सङ्घका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा भएको हो ।
कार्यक्रममा उत्कृष्ट बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्था र व्यवस्थापकलाई पनि नगद र प्रमाणपत्रसहित पुरस्कृत गरिएको छ ।