१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

समयमा किताब उपलब्ध गराउन मन्त्री श्रेष्ठको निर्देशन



काठमाडौँ-शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले समयमा नै विद्यार्थीका हात हातमा पाठ्यपुस्तक पुर्याउन निर्देशन दिएकी छन् ।

भर्ना अभियान सुरु हुनु अगाबै विद्यालयका पाठ्यपुस्तक उपलब्ध हुनुपर्ने भन्दै साेही अनुसारको व्यवस्थापन मिलाउन मन्त्री श्रेष्ठले निर्देशन दिएकी हुन् ।

भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको आज अनुगमन गर्दै मन्त्री श्रेष्ठले कुनै पनि कक्षामा कुनै पनि विषयको किताब अभाव हुन नहुने बताइन् ।

उनले पुस्तक छपाईको अवस्थाबारे जानकारी लिँदै वितरण प्रक्रियालाई प्रभावकारी बनाउन केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झालाई निर्देशन दिएकी छन् ।

केन्द्रले ९५% पाठ्यपुस्तक छपाई सम्पन्न गरिसकेको जनाएको छ । चैत १५ भित्रै बाँकी ५ प्रतिशत पुस्तक छापेर वितरण प्रक्रिया सुरु हुने केन्द्रको दाबी छ ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार ००:००  २ : ३० बजे