१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

चारआलीबाट ब्राउन सुगरसहित दुई युवा पक्राउ



बिर्तामोड-लागूऔषध ब्राउन सुगरसहित झापाको चारआलीबाट बुधवार अपरान्ह दुई युवक पक्राउ परेका छन् । प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मेचीनगर-१४ का अजय राजवंशी र सोही ठाउँका सञ्जय धिमाल रहेको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । चारआली चोकबाट उनीहरु समातिएका हुन् ।

डीएसपी रिजालका अनुसार शंका लागेर प्रहरी खानतलासी गर्दा राजवंशीका साथमा तीन ग्राम ब्राउन सुगर फेला परेको हो । उनीहरुलाई आवश्यक अनुसन्धानसहित कार्वाहीका लागि धुलावारी प्रहरीको हिरासतमा राखिएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार ००:००  ९ : ५० बजे