बिर्तामोड-झापाको कमल गाउँपालिका-३ बाेहाेरा टाेलस्थित भित्री सडकखण्डमा शनिबार बिहान १० बजे दुईवटा माेटरसाइकल जुध्दा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कमल गाउँपालिका-३ का ३० वर्षीय बीरेन्द्र सहनी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका जनाएको छ ।
उनी मे २ प ५९२३ नम्वरको माेटरसाइकलमा सवार थिए ।सहनी सवार माेटरसाइकल मे ११ प ९२०३ नम्बरकाे माेटरसाइकलसँग जुधेको झापा ट्राफिकका प्रहरी सहायक निरीक्षक यामकुमार खँड्काले बताए ।
दुर्घटनामा घाइते भएका सहनीकाे लाइफ लाइन अस्पताल दमकमा उपचारका क्रममा ज्यान गएको हाे ।