१७ मंसिर २०८०, आइतबार | Mon Dec 4 2023

काठमाडौंमा भूकम्पको धक्का महसुस



काठमाडौँ-काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ७.३९ को समयमा भूकम्पको धक्का महसुस गरिएको हो । धादिङको खरी आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख लोकविजय अधिकारीले खरी केन्द्रबिन्दु भएर ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको बताए । काठमाडौं उपत्यकालगायत धादिङ आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

सो भूकम्प २०७२ सालको ‘गोरखा भूकम्प’को परम्कप भएको उनले बताए ।

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार ००:००  ७ : ५८ बजे