काँकडभिट्टा- मेची भन्सार कार्यालयले राजस्व लक्ष्य गुमाएको छ । बढ्दो चोरी तस्करी, पेट्रोलियम पदार्थ आयातमा भएको गिरावट लगायतका कारण पूर्व निर्धारित लक्ष्यमा मेची भन्सार असफल भएको हो ।
आर्थिक वर्ष २०७९/८० मा लक्ष्यको तुलनामा ६९ दशमलव ४१ प्रतिशत राजस्व असुली गरेको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए ।
भन्सार प्रमुख रेग्मीका अनुसार मेची भन्सारले १४ अर्ब चार करोड ७५ लाख ३९ हजार राजस्व असुली गरेको छ । भन्सार विभागले २० अर्ब २४ करोड १८ लाख ३३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो ।
कोरोना संक्रमण पछिका तीन वर्षमा मेची भन्सार कार्यालयमार्फत हुने राजस्व सङ्कलनमा लगातार गिरावट आइरहेको छ ।