२ असार २०८२, सोमबार | Tue Jun 17 2025

१२ लाख भन्दाबढी बालबालिकालाई खोप लगाउने तयारी



हेटौँडा-बागमती प्रदेश सरकारले १२ लाखभन्दा बढी बालबालिकालाई खोप लगाउने तयारी गरेको छ । संघीय सरकारको निर्धारित कार्यक्रम अनुसार प्रदेश सरकारले उक्त तयारी गरेको हो ।

बागमती प्रदेशका ११९ वटै स्थानीय तहका १२ लाख ३० हजार६३२ जनालाई दादुला विरुद्धको खोप लगाउने तयारी गरिएको स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका खाेप फोकल पर्सन उत्तमराज प्याकुरले बताए ।

१३ फागुनदेखि सुरु हुने खोप अभियान साताव्यापी रूपमा सञ्चालन हुनेछ । संघीय सरकारको निर्देशन अनुसार प्रदेश र स्थानीय तहका स्वास्थ्य संस्थाले खोप कार्यक्रम सञ्चालन गर्नेछन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार ००:००  ८ : ५७ बजे