१७ मंसिर २०८०, आइतबार | Mon Dec 4 2023

पाल्पामा भयानक दुर्घटना : ६ जनाकाे मृत्यु



पाल्पाको रानीमहल दरबार नजिकै जीप दुर्घटना हुँदा छ जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

दुर्घटनामा ज्यान गुमाउनेमा तीन महिला, दुई बालक र एक पुरुष रहेका छन् । ज्यान गुमाउनेको परिचय नखुलेको प्रहरीले जनाएको छ ।

बाग्मती प्रदेशको ७२०९ नम्बरको जीप दुर्घटनामा परेको हो । अहिले घटनास्थलमा अस्थायी प्रहरी चौकी रानीघाट, जिल्लाबाट गएको जनपथ प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार ००:००  ६ : २१ बजे