१५ आश्विन २०८०, सोमबार | Tue Oct 3 2023

कांग्रेस केन्द्रीय समिति बैठकका लागि १० वटा एजेन्डा तय



झापा- नेपाली कांग्रेसले मंगलबार बस्ने केन्द्रीय कार्य समितिको बैठकका लागि १० वटा एजेन्डा तय गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा सोमबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गरेको हो ।

पदाधिकारी बैठकपछि महामन्त्री विश्वप्रकाश शर्माले दशवटा एजेन्डा तय गरिएको जानकारी दिएका छन् । पहिलो एजेन्डाका रुपमा समसामयिक राजनीतिक विषय रहनेछ ।

बैठकमा राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयहरुमा छलफल हुने महामन्त्री शर्माले जानकारी दिए ।

बैठकमा सांगठनिक कार्ययोजना र कार्यतालिकासमेत एजेन्डाका रुपमा प्रस्तुत हुनेछ । बैठकले कार्यसम्पादन समितिले गरेका निर्णयहरु अनुमोदन गर्नेछ ।

निर्वाचन परिचालन समितिको प्रतिवेदनमाथि छलफल र पार्टीको नीति अधिवेशनसँग सम्बन्धित खाका पनि बैठकमा प्रस्तुत हुने शर्माले बताए ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार ००:००  ८ : ३५ बजे