१ श्रावण २०८२, बुधबार | Wed Jul 16 2025

आदिवासी नेता पाण्डवलाल चाैधरी पक्राउ



बिर्तामोड-नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीलाई प्रहरीले अहिले राति पक्राउ गरेकाे छ ।

अर्जुनधारास्थित घरबाट उनी समातिएका हुन् ।प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समिति झापाका संयोजकसमेत रहेका चौधरीलाई पक्राउ गरेकाे प्रहरीले पुष्टि गरेको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि आज दिउँसो दमकमा पहिचान पक्षधरहरुको समूहले ढुंगा प्रहार गरेको थियो ।

कालो झन्डा देखाउने र तोडफोडमा चौधरीको संलग्नता देखिएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

आफ्नो घरको गेट र ढोका फुटाएर आफूलाई पक्राउ गरेको चौधरीले बताए । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय दमक लगिएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार ००:००  १० : २६ बजे