झापा-सत्तारुढ दलले जनमत पार्टीलाई सरकारमा ल्याउने गृहकार्य सुरु गरेका छन् । महत्वपूर्ण मन्त्रालय दिएर जनमत पार्टीलाई सरकारमा ल्याउने तयारी सुरु भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार र जनमत पार्टीका अध्यक्ष सिके राउतलाई भेटेर सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए ।
प्रधानमन्त्री दाहालको प्रस्ताव लगत्तै सोमबार बसेको सत्तारूढ दलको बैठकले जनमत पार्टीलाई सरकारमा ल्याउने निर्णय गरेको छ ।
बैठकमा सहभागी एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डेले जनमत पार्टीले चाहेअनुसारको मन्त्रालय दिएर सरकारमा ल्याउने तयारी भएको बताए ।
बैठकले मन्त्रालय बाँडफाँडकाे बिषयमा भने निर्णय गर्ने अधिकार प्रधानमन्त्री दाहाललाई दिएको छ ।
प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन जनाए पनि मन्त्रालयको विषयमा सहमति हुन नसकेपछि जनमत पार्टी सरकारमा सहभागी भएको छैन् ।