१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

गौरीगञ्जमा ट्राफिक भवन शिलान्यास



बिर्तामोड–झापाको गौरीगञ्ज गाउँपालिकामा ट्राफिक प्रहरी भवन निर्माण हुने भएको छ । बिहीवार गाउँपालिका अध्यक्ष फूलवती राजवंशीले ट्राफिक भवन शिलान्यास गरेकी हुन् ।

इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रमुख प्रहरी निरीक्षक अरविन्दकुमार साहले खजुरगाछीमा ट्राफिक प्रहरी पोस्ट निर्माण हुन लागेको बताए । शिलान्यास कार्यक्रममा राजनीतिक दल र सामाजिक संघसंस्थाका प्रतिनिधि पनि सहभागी थिए ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार ००:००  ६ : ५६ बजे