१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

शिक्षा बहुउद्देश्यीय सहकारीका उत्कृष्ट कर्मचारी र सेवा केन्द्र पुरस्कृत



बिर्तामोड-शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले उत्कृष्ट दुई कर्मचारी र सेवा केन्द्रलाई पुरस्कृत गरेको छ । ११ औँ वार्षिक साधारणसभाको अवसरमा उत्कृष्ट कर्मचारी र सेवा केन्द्र पुरस्कृत भएका हुन् ।

संस्थाको माइन्यूट प्रमाणीकरण भेलाको अवसर पारेर उत्कृष्ट कर्मचारी र सेवा केन्द्रलाई पुरस्कृत गरिएको संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले बताए । अध्यक्ष न्यौपानेका अनुसार पाँचवटा सेवा केन्द्रमध्ये धुलावारी सेवा केन्द्र उत्कृष्ट भएको छ ।

सदस्य सेवा केन्द्र शनिश्चरेमा कार्यरत बजार सहायक टीका भट्टराई र सदस्य सेवा केन्द्र चैतुवारीमा कार्यरत बजार सहायक लक्ष्मण राजवंशी उत्कृष्ट कर्मचारीका रुपमा पुरस्कृत भएका हुन् ।

उत्कृष्ट कर्मचारीलाई अध्यक्ष न्यौपाने, कार्यक्रमका प्रमुख अतिथि सहकारी अधिकृत डिल्ली दाहाल, लेखा समितिका संयोजक युवराज निरौला, उपाध्यक्ष हेमराज मिश्र, सचिव सूर्यकुमार खतिवडा लगायतले नगदसहित पुरस्कार प्रदान गरेका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार ००:००  ९ : १२ बजे