१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

स्वतन्त्र व्यवसायिक प्यानलको सम्पर्क कार्यालय उद्घाटन



बिर्तामोड-स्वतन्त्र व्यवसायिक प्यानलले बिर्तामोड उद्योग वाणिज्य सङ्घको आसन्न निर्वाचनका लागि निर्वाचन परिचालन सम्पर्क कार्यालय स्थापना गरेको छ । अतिथि सदन उत्तर कार्यालय स्थापना गरिएको हाे ‌।

सम्पर्क कार्यालयको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले उद्घाटन गर्नुभयो । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका समर्थक व्यवसायीको संयुक्त कार्यालय स्थापना भएको हो ।

निर्वाचन परिचालन समितिका संयोजक एकराज कार्कीको अध्यक्षतामा आयोजित कार्यक्रमका बीच कार्यालय स्थापना गरिएको छ । कार्यक्रममा बोल्दै संयोजक कार्कीले व्यावसायिक हित र स्थानीय तहसँग समन्वय गर्न सक्ने नेतृत्वको खाँचो रहेको बताउनुभयो।

स्वतन्त्र व्यावसायिक प्यानलबाट अर्जुनकुमार मैनालीको अध्यक्षतामा केही उम्मेदवार घोषणा गरिएका छन् । महासचिवमा कृष्ण पौडेल, वाणिज्य उपाध्यक्षमा ओम प्रकाश श्रेष्ठ, जनसम्पर्क उपाध्यक्षमा गोमा भट्टराई लगायतको उम्मेदवारी घोषणा भइसकेको छ ।

निर्वाचन परिचालन समितिका सदस्य सुभाष भट्टराईका अनुसार यथाशीघ्र सङ्घका बाँकी पदहरूमा उम्मेदवारी टुङ्गो लाग्नेछ ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार ००:००  ८ : ५८ बजे