१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

भुटान पिपुल्स पार्टीद्वारा शरणार्थीको स्वदेश फिर्तीका लागि राष्ट्रिय मेलमिलाप नीतिको प्रस्ताव



बिर्तामाेड– भुटान पिपुल्स पार्टीले निर्वासनमा रहेका भुटानी शरणार्थीलाई राष्ट्रिय मेलमिलापको नीतिमार्फत स्वदेश फर्काउन अपिल गरेको छ ।

झापाकाे बिर्तामोडमा आइतबार पत्रकार सम्मेलन गरी पिपुल्स पार्टीले शरणार्थीकाे स्वदेश फिर्तीकाे पक्षमा फेरि एकपटक आवाज उठाएकाे हाे ।

पिपुल्स पार्टीका अध्यक्ष बलराम पाैडेलले शरणार्थीकाे स्वदेश फिर्तीका लागि राष्ट्रिय मेलमिलापको नीति अबलम्बन गर्न भुटानी राजालाई अपिल गरिएको बताए ।

‘भुटानमा शान्ति, मानवअधिकार र राजनीतिक स्थायित्वका लागि पनि राष्ट्रिय मेलमिलाप नीतिकाे खाँचाे छ’, पत्रकार सम्मेलनमा अध्यक्ष पाैडेलले भने, ‘निर्वासनमा रहेका नागरिकलाई स्वदेश फर्काउन भुटानले ढिलाई गर्नु हुन्न ।’

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार ००:००  १ : ५० बजे