झापा-व्यवसायी दुर्गा प्रसाईले मेडिकल कलेजको सम्बन्धनका विषयमा आफूले १३ वर्षपछि न्याय मिलेको अनुभूत गरेको बताएका छन् ।
आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रसाईले बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने विषयमा सर्वोच्च अदालतले गरेको फैसला स्वागतयोग्य रहेको बताए ।
सरकारले १३ वर्षअघि आशयपत्र दिएर पनि सम्बन्धन नलिँदा मेडिकल कलेज सञ्चालन गर्ने योजना अलपत्र परेको थियो । कलेज सञ्चालनका लागि बनाइएका करोडौं लागतका संरचना बेवारिसे जस्तै भएका थिए ।