१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

लामिछानेको अभिव्यक्तिप्रति पत्रकार महासङ्घको आपत्ति



काठमाडाैँ- नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ‌। सभापति लामिछानेले नेपाली सञ्चार क्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप लगाउँदै धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै महासंघले राेष प्रकट गरेको हो ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले नेपाली सञ्चार क्षेत्रले आफूलाई निरन्तर लखेटेको भन्दै आक्रोशपूर्ण अभिव्यक्ति दिएका थिए । उनको पत्रकार सम्मेलन सकिए लगत्तै महासंघले विज्ञप्ति निकालेर त्यसप्रति आपत्ति जनाएको हो ‌।

पत्रकार महासंघले सञ्चार क्षेत्रप्रति संयम गुमाएर अभिव्यक्ति दिनु समग्र सञ्चार क्षेत्र माथिको प्रहार भएको जनाएको छ । महासंघले लामिछानेको अभिव्यक्तिपछि कुनै अप्रिय घटना भएमा त्यसको जिम्मेवार स्वयं अध्यक्ष लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीले लिनुपर्ने पनि स्पष्ट पारेको छ ‌।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार ००:००  ९ : १० बजे