२ असार २०८२, सोमबार | Tue Jun 17 2025

बिर्तामोडका विद्यालयमा पोशाक वितरण सुरु



झापा–बिर्तामोड नगरपालिकाले कक्षा पाँच सम्मका विद्यार्थीलाई पोशाक वितरण सुरु गरेको छ । नगरका १८ वटा सामुदायिक र दुई वटा धार्मिक विद्यालयमा पोशाक वितरण सुरु गरिएको हो ।

नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडाध्यक्ष दुर्योधन गुरुङ, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, अधिकृत केशर खवास लगायतको टोलीले पहिलो दिन चारवटा विद्यालयमा पोशाक बाँडेको छ ।

बिर्तामोड वडा नम्बर १० को चमरधाप आधारभूत विद्यालय, विराट आधारभूत विद्यालय, लक्ष्मीनारायण आधारभूत विद्यालय र महेन्द्र ज्योति माध्यमिक विद्यालयमा पोशाक वितरण गरिएको शिक्षा शाखा प्रमुख भण्डारीले बताउनु भयो ।

नगर प्रमुख प्रसाईले स्कुल ड्रेसले विद्यार्थीहरुमा एकरुपता आउने भएकाले पढ्नको लागि सहज वातावरण निर्माण हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार ००:००  १० : २९ बजे