झापा- जनकपुरमा एक युवकको शव फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका–२३ बेलास्थित धान खेतमा एक युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मृतक युवकको पहिचान खुल्न नसकेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।
‘अन्दाजी २५–२६ वर्षको युवकको शव फेला परेको छ । युवकको मुखमा रगत देखिएको छ घटनास्थल शंकास्पद देखिएको छ । हामी अनुसन्धान गर्दैछौँ’, डिएसपी अवाले भने ।