सोलुखुम्बुको लबुचेमा मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ । उद्धारको लागि टोली घटनास्थलमा जाँदैछ । रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर दुर्घटना भएको मनाङ एयरका निर्देशक राजु न्यौपानेले पुष्टि गरे ।
हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन आज बिहान ७.१३ मा उडेको हेलिकप्टर दुर्घटना भएको हो । हेलिकप्टरमा पाइलटमात्रै थिए । पाइटल पिके सेढाइ सुरक्षित रहेको निर्देशक न्यौपानेले जानकारी दिए ।
नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार पाइलट सेढाइलाई फिस्टेलको हेलिकप्टरले लुक्ला ल्याएको छ । उनलाई काठमाडौँ लैजाने तयारी भइरहेको छ ।