१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023

भदौ ३१ गते देशभरका अस्पताल बन्दको घोषणा



झापा-हेटौंडामा चिकित्सकमाथि कुटपिटको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ ।

हेटौंडाको सञ्चो अस्पतालका चिकित्सक डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि कुटपिटमा संलग्नलाई ७२ घण्टाभित्र कानुनी कारबाही गर्न संघले माग गरेको थियो ।

तर, सरकारले दोषीलाई कानुनी कारबाहीको दायरामा नल्याएको भन्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरिएको संघका अध्यक्ष डा. अनिलबिक्रम कार्कीले बताए ।

आन्दोलनको कार्यक्रम अन्तर्गत आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द हुने संघले जनाएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार ००:००  ८ : २९ बजे