१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

बिर्तामोड नगरपालिकामा १६ औँ गणतन्त्र दिवसका अवसरमा झण्डोत्तलन



झापा-बिर्तामोड नगरपालिकामा १६ औँ गणतन्त्र दिवसका अवसरमा झण्डोत्तलन गरिएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाई र नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले नगर कार्यपालिकाको कार्यालयमा एक कार्यक्रमका बीच झण्डोत्तलन गरेका हुन् ।

कार्यक्रममा नगर प्रमुख प्रसाई, उपप्रमुख संग्रौला, विभिन्न शाखाका कर्मचारी र नगर प्रहरीद्वारा सहिदको तस्वीरमा माल्यार्पण गरिएको छ ।

कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले देशमा बोल्न पाउने अधिकार आजकै दिनले स्थापित गरेको धारणा राखेकी छन् ।
सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले कयौँको कोख र सिउँदो रित्तिएर ल्याएको गणतन्त्रलाई सही ढंगले सदुपयोग गर्नु पर्नेमा जोड दिइन् ।

नगर उपप्रमुख संग्रौलाले राजनीतिक अस्थिरताका ेकारण लोकतन्त्र खतरामा परेको बताए । उनले गरिब र सर्वहारा वर्गलाई गणतन्त्रले नछोएको धारणा राखे ।

गणतन्त्र दिवस विशेष कार्यक्रमलाई नगरपालिकाका वरिष्ठ योजना अधिकृत जय तिम्सिनाले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार ००:००  ६ : ५३ बजे