५ आश्विन २०८०, शुक्रबार | Fri Sep 22 2023

२२ दिनमा ढल्यो काङ्ग्रेस नेतृत्वको कोसी प्रदेश सरकार



झापा-कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार २२ दिनमा ढलेको छ । सर्वोच्च अदालतको पूर्ण इजलासले थापा नेतृत्वको सरकार गठनको सुरुवाती प्रक्रियादेखिका सवै काम कारवाहीलाई बदर गरिदिएको हो ।

थापाले प्रदेश प्रमुख समक्ष पेश गरेको मुख्यमन्त्री नियुत्तिको दावी पत्रमा कोसी प्रदेशका सभामुख बाबुराम गौतमलाई समेत हस्ताक्षर गराइएपछि यो विषय अदालतसम्म पुगेको थियो ।

नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सभामुखको हस्ताक्षरमा बनेको सरकार असंवैधानिक र गैरसंसदीय भएको भन्दै असार २२ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सर्वोच्चले बिहीबार रिटमाथि अन्तिम फैसला गर्दै कार्कीको माग दाबी बमोजिम थापा नेतृत्वको सरकारलाई गैरसंवैधानिक ठहर गरिदिएको हो ।

कोसी प्रदेश सरकार गठनमा सभामुख गौतमले जनाएको समर्थन संविधानविपरीत भएको सर्वोच्चको संक्षिप्त आदेशमा उल्लेख छ ।

सर्वोच्चले सभामुखलाई राजनीतिक रुपमा तटस्थ र निष्पक्ष रहनुपर्ने तथा कुनैपनि प्रकारको राजनीतिक पक्षधरता कायम गर्न नहुने पदको रुपमा व्याख्या गरिदिएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार ००:००  ८ : ५३ बजे