१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

घरबाटै ब्राउन सुगरको कारोवार गर्दा समातिए दमकका दुलाल



दमक- घरबाट ब्राउन सुगरको कारोवार गरिरहेको अवस्थामा प्रहरीले झापाको दमक २ का पूजन दुलाल र उनका सहयोगीलाई शनिवारराति पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय दमकको टोलीले छापा हानेर दुलाललाई चार ग्राम तीनसय मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । दुलालसँगै दमक ७ का सचिन मगर पनि पक्राउ गरेका छन् ।

प्रहरीले उनीहरुका साथबाट ब्राउन सुगर जोख्ने डिजिटल तराजु, तीन थान मोबाइल र नगद १ लाख २३ हजार ९०० रुपैयाँ बरामद गरेको छ ।

पक्राउ परेका दुवै जनालाई दमक प्रहरीको हिरासतमा राखेर आवश्यक अनुसन्धान अगाडि बढाइएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार ००:००  २ : ०२ बजे