१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

भूकम्पका घाइतेको उद्दारका लागि हेलिकप्टर पठाउने सरकारको तयारी



झापा-सरकारले जाजरकोट र रुकुमका भुकम्पप्रभावितहरुको उद्दार र राहतका लागि स्वास्थ्यकर्मी सहित हेलिकप्टर पठाउने तयारी गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको हेलो सरकारले तत्काल हेलिकप्टर पठाउने तयारी भइरहेको जनाएको हो ।

‘भूकम्पका घाइतेहरुको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका छन्’ सामाजिक सञ्जालमार्फत हेलो सरकारले भनेको छ, ‘घाइतेहरूको उद्धारका लागि औषधि, स्वास्थ्यकर्मी र हेलिकप्टर पठाउने तयारी भइरहेको छ ।’

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार ००:००  ५ : ०९ बजे