झापा-सशस्त्र प्रहरीले दक्षिणी झापाको झापा गाउँपालिकाबाट लागूऔषध ब्राउन सुगरसहित आइतवार राति तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ उर्लाबारी ७ का २७ वर्षीय विनोद लिम्बू, २६ वर्षीय सुरेश धिमाल र झापा गौरादह ४ का २५ वर्षीय सन्देश लिम्बू छन् ।
सशस्त्र प्रहरी बलका डीएसपी दिनेश कटुवालका अनुसार उनीहरुलाई झापा गाउँपालिका १ को बेलायतीवारीबाट पक्राउ गरिएको हो । उनीहरुका साथमा ५० ग्राम ब्राउन सुगर फेला परेको छ ।
सशस्त्रको बोर्डर आउट पोस्ट टाघनडुब्बाका इन्स्पेक्टर दीपेन्द्रमणि राईको कमान्डमा खटिएको टोलीले आइतबार राति सवा ९ बजे उनीहरुलाई समातेको हो ।
पक्राउ परेकाहरुका साथमा तीन थान मोबाइल र नगद ५१ हजार ८८५ रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ । उनीहरु प्रदेश १-०२-०४७ प ७०४२ र को २१ प १०४० नम्बरको मोटरसाइकलमा सवार थिए ।