१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

संसदमा सशक्त भूमिका निर्वाह गर्न एमाले अध्यक्ष ओलीको निर्देशन



झापा-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा सशक्त भूमिका निर्वाह गर्न सांसदहरूलाई निर्देशन दिनुभएको छ । एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले आफ्नो पार्टीका सांसदहरूलाई यस्तो निर्देशन दिनुभएको हो।

अध्यक्ष ओलीले संसद र संसदीय समितिका बैठकमा सक्रियतापूर्वक भाग लिन र जनताका पक्षमा आवाज उठाउन निर्देशन दिनुभयो । जनसरोकारका मुद्दामा ध्यान केन्द्रित गर्दै सरकारलाई संसदबाट दबाब दिन आवश्यक भएको अध्यक्ष ओलीको धारणा छ ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार ००:००  ९ : ४९ बजे