९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

‘राप्रपा पञ्चायती शासनको उत्तराधिकारीका रुपमा छैन्’



झापा-राष्ट्रिय प्रजातन्त्र पार्टी झापाका अध्यक्ष केशवप्रसाद ओझाले ‘हिजोको पञ्चायती शासनको उत्तराधिकारीका रुपमा’ अब राप्रपालाई हेर्न नहुने बताएका छन् ।

सोमवार झापाको अर्जुनधारा जलेश्वरधाममा स्पीक कर्नरसँग कुरा गर्दै राप्रपा अध्यक्ष ओझाले पार्टी नवीन सोचका साथ अगाडि बढेकाले पुरानै ढंगले बुझ्न नहुने बताए ।

‘सोचमा, व्यवहारमा, कार्यशैलीमा र आचरणमा नवीन राप्रपा बनाइरहेका छौँ’, अध्यक्ष ओझाले भने, ‘‘हिजोको पञ्चायती शासनको उत्तराधिकारीका रुपमा मात्रै राप्रपा छैन् ।’

जनतालाई केन्द्रमा राखेर नवीन राप्रपा बनाउने अभियान चलाइएको भन्दै अध्यक्ष ओझाले आफूहरु संवैधानिक राजतन्त्रको पक्षमा दृढतापूर्वक उभिएको बताए । ‘राजतन्त्र होइन, हामीले संविधानले बाँधिएको संवैधानिक राजसंस्थाको मुद्दा उठाइरहेका छौँ’, उनले भने ।

नेपाललाई हिन्दू राष्ट्र बनाउने अभियानमा जनताको बलियो साथ प्राप्त हुँदै गएको जनाउँदै अध्यक्ष ओझाले श्रावणी पर्वको अवसरमा अर्जुनधारामा धार्मिक पदयात्रा गरेर सन्देश प्रवाहित गर्न खोजिएको बताए ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार ००:००  ९ : ०८ बजे