झापा-नेपाल औषधि व्यवसायी संघ झापाको अध्यक्षमा जीवनकुमार खँडका निर्वाचित भएका छन् । शुक्रवार झापाको दमकमा भएको निर्वाचनबाट खँड्काको नेतृत्वमा संघको नयाँ कार्य समिति चयन भएको हो ।
अध्यषका प्रत्यासी प्रदीप खरेललाई हराउँदै खँड्काले अध्यक्षमा बाजी मारेका हुन् । खँड्काले १५४ मत पाइरहँदा खरेलले ११५ मत मा चित्त बुझाउनु परेको छ ।