१५ आश्विन २०८०, सोमबार | Tue Oct 3 2023

काङ्ग्रेसले मात्र संविधानको रक्षा गर्न सक्छ : महामन्त्री शर्मा




दमक-नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टीले मात्र संविधानको रक्षा गर्न सक्ने बताएका छन् । झापाको दमकमा महिलाहरुको तीज कार्यक्रमलाई सम्वोधन गर्दै महामन्त्री शर्माले यस्तो धारणा व्यक्त गरेका हुन् ।

राजनीतिक स्थायित्व आफूहरुको एजेण्डा भएको बताउँदै महामन्त्री शर्माले समाज रुपान्तरण अभियानमा काङग्रेसले नेतृत्वदायी भूमिका खेल्नु पर्ने बताए । उनले वडा तहबाट पार्टीलाई मजवूत बनाउन नर्दिेशन पनि दिएका छन् ।

कार्यक्रममा केन्द्रीय सदस्यद्वय सुशिला ढकाल आचार्य र गोमा भट्टराई, झापा सभापति देउकुमार थेवे, कोशी प्रदेशका सह महामन्त्री खड्ग फागो, प्रमोदहरी गुरागाई लगायतले बोलेका थिए ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार ००:००  ७ : ०४ बजे