१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

बाढी पहिरो र चट्याङबाट ७३ जनाको मृत्यु



झापा-बाढी पहिरो र चट्याङबाट पछिल्लो दुई महिनामा नेपालमा ७३ जनाको ज्यान गएको छ । जेठ ३१ यताको मनसुन अवधिमा एकसय दुई जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले बाढी पहिरोमा २० जना वेपत्ता भएको जनाएको छ । प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल चट्याङबाट मात्रै २१ जनाको मृत्यु भएको बताए ।

बाढी पहिरोबाट १३ वटा जलविद्युत् आयोजनामा आठ अर्ब ५० करोड क्षति पुगेको अनुमान गरिएको छ । १५ अर्बभन्दा बढी भौतिक पूर्वाधार लगायतका सम्पत्तिको क्षति भएको कार्यकारी प्रमुख पोखरेलले बताए ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार ००:००  ४ : ४० बजे