८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

१० जना चालकको स्वास्थ्य परीक्षण : छ जना चालक लागूपदार्थ सेवनकर्ता



झापा-झापाको काँकडभिट्टामा शुक्रवार १० जना चालकको लागूपदार्थ सेवन जाँच गर्दा छ जनामा पोजेटिभ देखिएको छ । काँकडभिट्टा बसपार्कमा आयोजित कार्यक्रमका बीच चालकको लापसे चेकजाँच गर्दा छ जनाले सेवन गरेको भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाले लापसे पोजेटिभ देखिएका चालकलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा राखिएको जनाएको छ । लापसे गरेर सवारी चलाउने बढेपछि प्रहरीले चेकजाँच सुरु गरेको हो ।

प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री शमशेर राईको प्रमुख आतिथ्यमा शुक्रवार प्रहरीले लापसे तथा आँखा जाँच अभियान सुरु गरेको छ ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार ००:००  ९ : ३० बजे