झापा– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार अपरान्ह पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । पशुपति क्षेत्र विकास कोषको निमन्त्रणामा प्रधानमन्त्री दाहाल दर्शनका लागि गएका हुन् ।
यसअघि प्रधानमन्त्री प्रचण्ड पशुपतिनाथमा औपचारिक दर्शनका लागि गएका थिएनन् । शनिबार अपरान्हकाे दर्शनपछि प्रधानमन्त्री प्रचण्डले ५१ हजार रुपैयाँ भेटी चढाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
भारत भ्रमणबाट फर्किए लगत्तै प्रधानमन्त्री प्रचण्डले पशुपतिनाथ मन्दिरको दर्शन गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भारत भ्रमणका क्रममा मध्य प्रदेशको उज्जैन शहरस्थित प्रसिद्ध महाकालेश्वर मन्दिरमा प्रधानमन्त्री प्रचण्डले रुद्राक्ष र ५१ हजार भारतीय रुपैयाँ चढाएका थिए ।