१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

जनस्वास्थ्यका मापदण्ड पूरा गर्न मन्त्रालयको निर्देशन



झापा-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भीडभाड हुने स्थानमा जनस्वास्थ्यका मापदण्ड पूरा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । कोरोना भाइरसको नयाँ सङ्क्रमणलाई मध्यनजर गर्दै मन्त्रालयले आवश्यक पूर्व सतर्कता अपनाउन सर्वसाधारणलाई अपिल गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भोजभतेर मेला पर्व लगायतका भीडभाड हुने ठाउँमा मास्क प्रयोग गर्न र भौतिक दूरी कायम राख्न अनुरोध गरेका छन् ‌।

मन्त्रालयले स्वास्थ्य संस्थाहरूलाई पूर्ण तयारीका साथ बस्न र आवश्यक सतर्कता अपनाउन पनि निर्देशन दिएको छ ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार ००:००  ८ : ४५ बजे