१५ आश्विन २०८०, सोमबार | Tue Oct 3 2023

युवा संघको विवाद सुल्झिएन, नेतृत्वका लागि भोलि निर्वाचन



झापा-राष्ट्रिय युवा संघ मेचीनगर कमिटीको निर्वाचन सोमवार बिहान ८ बजेदेखि हुने भएको छ । अधिवेशन शनिबारदेखि सुरु भएको थियो ।

नयाँ नेतृत्व चयनमा विवाद भएपछि अन्तत निर्वाचनको विकल्प खुला गरिएको हो । सोमवार बिहान निर्वाचनबाट नेतृत्वको विवाद टुङ्ग्याउन लागिएको निर्वाचन परिचालन समितिका संयोजक राजु कार्कीले जानकारी दिए ।

केही समयदेखि विवाद रहँदै आएको युवा संघ मेचीनगरमा प्रथम अधिवेशनको नयाँ नेतृत्वले एक ढिक्का बनाएर लैजाने अपेक्षा एमाले पार्टी र युवा नेतृत्वले लिएका छन् ।

राष्ट्रिय युवा संघ मेचीनगर कमिटीको अध्यक्ष पदका लागि सुनिल राजवंशी र सुरेन कन्दङ्वा प्रतिष्पर्धा गर्दै छन् ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार ००:००  ९ : १४ बजे