१३ चैत्र २०८१, बिहिबार | Thu Mar 27 2025

स्वास्थ्यमन्त्री बस्नेतद्वारा बिर्तामोड नगर अस्पतालको अनुगमन



बिर्तामोड–स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले शुक्रवार बिर्तामोड नगर अस्पतालको अनुगमन गर्नु भएको छ । मन्त्री बस्नेतले नगरमा अस्पतालसहित डायलासिस कक्षको अनुगमन गर्नु भएको हो ।
a
मन्त्री बस्नेतलाई बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले नगर अस्पताल सञ्चालनका चुनौति अवगत गराउनु भएको छ ।

नगर प्रमुख प्रसाईले आमा सुरक्षा कार्यक्रमको अप्रेशन थिएटरका लागि आवश्यक उपकरण उपलब्ध गराउन मन्त्री बस्नेतसँग लिखित माग गर्नु भएको छ । प्रत्युत्तरमा मन्त्री बस्नेतले राज्यको स्रोत र साधनले भ्याएसम्म सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्नु भयो ।

सरकारले नगरपालिका र गाउँपालिकालाई बराबरी परिमाणमा औषधि उपलब्ध गराउने नीति व्यवहारिक नभएको भन्दै मन्त्री बस्नेतले विरामीका चाप र जनसंख्याका आधारमा औषधि उपलब्ध गराउने विषयमा छलफल गर्ने बताउनु भयो ।

प्रदेश स्वास्थ्य मन्त्रालयबाट आएको विज्ञसहितको टोलीले पनि नगर अस्पतालको डायलासिस कक्षको अनुगमन गरेको छ । नेफ्रोलोजिस्ट डा. निराजन शाह, जन स्वास्थ्य विज्ञ दुर्गा आचार्य, मेची प्रादेशिक अस्पताल भद्रपुरका मेडिकल सुपरिटेन्डेन्ट डा रामबाबु खड्का सहितको टोलीले अनुगमन गरेको हो ।

बिर्तामोड नगर अस्पतालमा ६ बेडको डायलासिस सेवा सञ्चालनको तयारी भइरहेको छ ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार ००:००  ९ : ४४ बजे