झापा-नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोसी प्रदेशमा ‘सत्ताका लागि बिद्रोह’ भएको टिप्पणी गरेका छन् । संविधान रक्षाका लागि नभई सत्ताका लागि बिद्रोह भएकाले त्यसलाई जायज मान्न नसकिने महामन्त्री शर्माको धारणा छ ।
सत्ता गठबन्धनको निर्णयविपरीत बिहीवार काङ्ग्रेसको शेखर कोइराला समूहले एमालेको सहयोगमा कोसी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्कीलाई अगाडि सारेपछि महामन्त्री शर्माको यस्तो टिप्पणी आएको हो ।
महामन्त्री शर्माले कोसी प्रदेशमा विकसित राजनीतिक घटनाक्रमबारे पार्टीभित्र छलफल र परामर्श भइरहेको बताउँदै शुक्रवारसम्म एउटा निष्कर्षमा पुगिने बताए ।